२०८३ असार २५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त हुनै लाग्दा बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
केन्द्रिय बैंकले आज एक सुचना जारी गर्दै ठुला भुक्तानीमा प्रयोग हुने आरटीजीएस प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने जनाएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम साताको सार्वजनिक बिदामा यो प्रणालीलाई खुला राख्न लागेको हो । शनिबार र आइतबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यो प्रणाली खुला रहनेछ ।
प्रतिक्रिया