बैंकको निक्षेप ८० खर्ब नाघ्यो, अधिक तरलताको चपेटामा बैकिङ क्षेत्र

२०८३ जेठ ३१ गते

बैंकको निक्षेप ८० खर्ब नाघ्यो, अधिक तरलताको चपेटामा बैकिङ क्षेत्र

काठमाडौं । नेपाली बैकिङ क्षेत्रको निक्षेपको आकार ८० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तिय संस्थाहरुमा ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

 

Advertisement:

Ad
Ad

यो निक्षेपमा सबैभन्दा ठुलो हिस्सा वाणिज्य बैंकहरुको छ । वाणिज्य बैंकहरुको ७२ खर्ब ३२ अर्ब निक्षेप पुगेको छ भने बाँकी वित्तिय संस्थाहरुको ७ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तिय संस्थाको कर्जा लगानी भने ५२ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । कर्जा निक्षेप अनुपात औषत ७३.१० प्रतिशत रहेको छ ।

 

बैंक तथा वित्तिय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था भएपनि कर्जा माग न्युन हुँदा अहिले बैकिङ क्षेत्रमा अधिक तरलता रहेको छ । लगानीयोग्य करिब १८ प्रतिशत जति रकम थुप्रिएको छ । अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ ।