अभिभावकको उजुरीपछि कमलादीको युनिग्लोब कलेज पर्यो कारबाहीमा, तीन लाख जरिवाना

२०८२ साउन ११ गते

अभिभावकको उजुरीपछि कमलादीको युनिग्लोब कलेज पर्यो कारबाहीमा, तीन लाख जरिवाना

काठमाडौ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई शैक्षिक संस्थालाई नगद कारबाही गरेको छ । एक विद्यार्थीले सिट सुरक्षित गर्न २० हजार रुपैयाँ दिएको र अन्यत्र निशुल्क पढ्न पाउने गरी नाम निकालेपछि अग्रिम बुझाएको शुल्क माग्दा कमलादी स्थित युनिग्लोब हाईयर स्कुलले दिन नमिल्ने भन्दै आनाकानी गरेको थियो ।

 

Advertisement:

Ad
Ad

पटक पटक उक्त कलेजसँग शुल्क फिर्ता गर्न अभिभावकले माग गरेपनि फिर्ता दिन नमिल्ने बताउँदै आएको थियो । कलेजले शुल्क फिर्ता नगरेपछि अभिभावकले  विभागमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–१८ मा रहेको युनिग्लोभ हाइअर सेकेन्डरी स्कुललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, इजाजत नलिई सञ्चालन गरेको कन्सल्टेन्सी काठमाडौँ– १६ स्थित प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई पनि विभागले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । 


आज विभागले विभिन्न फर्म तथा संस्थाहरूमाथि अनुगमन गरी कारबाही गरेको छ । एक दर्जनभन्दा बढीलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।