असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने

२०८२ साउन २० गते

असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने

काठमाडौ । सरकारले  सवारी साधनमा  अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्नु पर्ने  व्यवस्था गर्ने निर्णय गरेको  छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गर्दै मन्त्रालयले सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुने जनाएको छ ।  सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकले निर्णय गरेको छ ।

Advertisement:

Ad
Ad


त्यसैगरी, सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र विभागबिच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएकोमा भदौदेखि छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।