२०८३ असार २१ गते
काठमाडौं । पूर्व गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई निर्देशन नदिन अर्थ समितिलाई आग्रह गरेका छन् । अर्थ समितिले निर्देशन दिने र केन्द्रीय बैंकले कार्यान्वयन गर्न नसक्ने अवस्था आउन नहुने भन्दै अधिकारीले केन्द्रिय बैंकले स्वायत्तता प्रयोग गरेर काम गर्ने बताए ।
केन्द्रीय बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषयलाई सुझावको रुपमा दिन समितिलाई अधिकारीले आग्रह गरेका हुन् ।
समितिले मौद्रिक नीतिका लागि सुझाव भनेर दिएको खण्डमा केन्द्रीय बैंकले आफ्नो स्वायत्तता प्रयोग गरेर अर्थतन्त्रको हितमा नीति तर्जुमा गर्न सक्ने उनको बुझाइ छ ।
प्रतिक्रिया