२०८२ असार २३ गते
काठमाडौ । अभियान लघुवित्तका संस्थापक सेयरधनीको सेयर साउन २९ पछि खरिदबिक्रि योग्य हुनेछ । लकइन अवधि साउन २९ गते सकिने भएकाले संस्थापक सेयर खरिदिबिक्रि योग्य हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डको नियमअनुसार आइपिओ निष्काशन मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयरलाई लकइनमा राखिएको हो ।अभियान लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयरधनीको १५ लाख २५ हजार कित्ता सेयर रहेको छ । यसैगरी कर्मचारीको नाममा १२ हजार ५ सय कित्ता सेयर छ ।
अभियानको आईपीओ २०७९ साउन १८ देखि २२ गतेसम्म आवेदन खुला भई ३० गते बाँडफाँड गरिएको थियो ।
प्रतिक्रिया