अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री

२०८२ वैशाख ३० गते

अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई लयमा ल्याएको बताएका छन् ।  बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्र कमजोर भएर ढुकुटीमा पैसा नहुने अवस्था सृजना भएकोमा अव बौरिन थालेको बताएका हुन् ।  काभ्रेको वनेपामा निर्माण हुने चलचित्र छायांकन  स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे अब बन्ने प्रक्रिया अघि बढेको बताए ।

 

Advertisement:

Ad
Ad

उनले अगाडि भने, “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौँ । यसको लागित बजेट विनियोजन हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ ।’’, प्रधानमन्त्री ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई हामीेले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सँधै सकारात्मक र सहयोगी छौँ ।’’

 

बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए ।