२०८२ जेठ २९ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्समा एकल अङ्कको गिरावट आएको छ। आज नेप्से ९.०८ अंकले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा पुगेको छ ।
यस दिन विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड बराबरको कारोबार भएको छ ।
आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ ।
प्रतिक्रिया