१७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह

२०८१ जेठ २० गते

१७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई मनकामना लघुवित्तको नामबाट २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।

एकिकृत कारोबारपछि शेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म शेयर कायम गरेका शेयरधनीहरूको हकमा बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले तिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न भनेको हो । सम्बन्धित शेयरधनीहरूले कर वापतको रकम एनएमबि बैंकको भैरहवा शाखामा कम्पनीको नाममा रहेको खाता नम्बर ०७८००६६१२८३०००१२ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।

Advertisement:

Ad
Ad

सम्बन्धित शेयरधनीहरूले कर वापत्को रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।