२०८२ साउन ३० गते
काठमाडौँ । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता आज शुक्रबार अलास्कामा हुँदै छ । युक्रेन र रसियाबीचको युद्ध रोक्न निर्णायक हुने मानिएको यो बैठकलाई विश्वले चासोका साथ हेरिरहेको छ । यसअघि रोमदेखि हङ्गेरी र संयुक्त अरब इमिरेट्ससम्मका स्थानमा वार्ता हुने हल्ला चले पनि अन्तिम रोजाइ वाशिङ्टननजिकै निस्किदा किन अलास्कालाई बैठकका लागि चयन गरियो भनेर तर्कवितर्क पेश भैरहेका छन् ।
गत साता ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मार्फत् उनी र पुटिनबीचको 'बहुप्रतीक्षित बैठक' १५ अगस्टका दिन 'ग्रेट स्टेट अफ अलास्का'मा हुने बताएका थिए।
त्यसमा उनले बाँकी जानकारी पछि दिइनेू उल्लेख गरे।ट्रम्पले थुप्रै कारणका निम्ति निकै लोकप्रियू स्थलमा बैठक हुने बताए पनि अलास्काको कुन ठाउँमा बैठक बस्दै छ भन्ने खुलाइएको छैन।त्यसका धेरै कारणहरू छन्।
यो सुरक्षा चासोहरूलाई धेरै हदसम्म सजिलो पार्ने अमेरिकी क्षेत्र हो।
यसले ट्रम्पलाई त्यस्तो भूमिमा रुसी समकक्षीको आतिथेयका रूपमा पनि स्थापित गर्छ, जुन भूमि अमेरिकाले डेढ शताब्दीभन्दा अघि रुससँग किनेको थियो।
रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले उक्त स्थानलाई ूअधिक उचितू भएको बताउनुका साथै दुई देशहरू छिमेकी भएको र केवले बेअरिङ स्ट्रेटले छुट्याएको दोहोर्याएका छन्।
ूरुस र अमेरिका सीमा जोडिएका निकटका छिमेकी हुन्,ू उनले भने, ूहाम्रा प्रतिनिधिमण्डल बेअरिङ स्ट्रेटमाथिबाट सहजै हवाई उडानमार्फत् अलास्कामा आयोजना हुने दुई देशका नेताहरूको महत्त्वपूर्ण र बहुप्रतीक्षित शीर्ष बैठकमा पुग्ने कुरा अधिक उचित देखिन्छ।ू
पछिल्लो पटक सन् २०२१ को मार्चमा अलास्कामा यस्तो कुटनीतिक कार्यक्रम भएको थियो जतिखेर तात्कालिक राष्ट्रपति जो बाइडनका नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा समूहका सदस्यले एङ्करिजमा चिनियाँ समकक्षीहरूलाई भेटेका थिए।
तर त्यो बैठक कटुतापूर्ण हुन पुगेको थियो, जसमा चिनियाँहरूले अमेरिकीहरूमाथि ूआडम्बर र ढोँगूको आरोप लगाएका थिए।पर्यवेक्षकहरूका अनुसार अन्य कारणले पनि अलास्काको चयन महत्त्वपूर्ण छ।
अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को हस्ताक्षरकर्ता होइन र त्यसको क्षेत्राधिकारलाई चिन्दैन।
आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अलास्का अमेरिकी क्षेत्र भएकाले कुराकानीका निम्ति त्यहाँ जाँदा उनी पक्राउ पर्ने जोखिम हुँदैन।बिबिसीबाट
प्रतिक्रिया