ऋण असुलीबाट शिव शिखर सहकारीका थप २१६ पीडितले पाए रकम, बचत फिर्ता पाउनेको संख्या १३१३ पुग्यो

२०८३ जेठ २६ गते

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २१६ पीडितले पाए रकम, बचत फिर्ता पाउनेको संख्या १३१३ पुग्यो

काठमाडौँ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीको २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरेको हो । 

 

Advertisement:

Ad
Ad

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ । हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।