पूँजी बजारप्रति सर्वसाधारणको विश्वास जाग्दै, साइन रेसुङ्गाको ऋणपत्रमा ५.९५ गुणा बढी आवेदन

२०८२ साउन ०८ गते

पूँजी बजारप्रति सर्वसाधारणको विश्वास जाग्दै, साइन रेसुङ्गाको ऋणपत्रमा ५.९५ गुणा बढी आवेदन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रहि वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर”नामको रु।१ अर्ब रकम बराबरको १०,००,००० कित्ता ऋणपत्रहरु आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणा भन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि मिति २०८२/०३/३२ गतेदेखि २०८२/०४/०४ गतेसम्म निष्काशन गरिएको थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको थियो ।

Advertisement:

Ad
Ad

हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरु द्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ ।