२०८३ कात्तिक १० गते
काठमाडौं । सेयरबजार परिसूचक नेप्से मंगलबार भने स्थिर रहेको छ । आज नेप्सेमा ०.९४ अंकको झिनो वृद्धि भई २ हजार ६३०.७६ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा कुल ३६० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १३५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३६ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५३ हजार ३० कारोबारबाट ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ४५ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समुहमध्ये जलविद्युत,लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।
वाणिज्य बैंक,विकास बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन् । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड, दोर्दीखोला जलविद्युत कम्पनी, सुपर मादी हाइड्रोपावर लिमिटेड तथा सिर्जनशील लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने युनिलिभर नेपाल लिमिटेड, नविल बैंकको डिवेञ्चरमा लगानीकर्ता, आरवीवी फोकस फोर्टी, सनराईज फस्ट म्युचुअल फण्ड तथा केवीएल डिवेञ्चरका लगानीकर्ता रहेका छन् ।
प्रतिक्रिया