२०८३ कात्तिक १० गते
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया