२०८३ कात्तिक १० गते
काठमाडौं । इजरायलमा आज मंगलबार आम निर्वाचन हुँदैछ । निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता कायम रहने वा नयाँ सरकार गठन हुने भन्ने टुंगो लगाउनेछ ।
करिब १७ वर्षभन्दा बढी समय प्रधानमन्त्री भइसकेका नेतान्याहुलाई यसपटक पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, पूर्वसैनिक प्रमुख गादी आइजेनकोट र पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यानलगायत नेताले चुनौती दिएका छन् ।
हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा सुरक्षा कमजोरी, भ्रष्टाचारसम्बन्धी आरोप र गाजामा युद्धका विषय नेतान्याहुका लागि प्रमुख चुनौती बनेका छन् । गाजामा युद्धसँग सम्बन्धित कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।
इजरायली संसद् नेसेटमा १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीचको गठबन्धन निर्णायक हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाउँदै आएका नेतान्याहुको राजनीतिक भविष्य निर्वाचन परिणाम र गठबन्धनको अंकगणितमा निर्भर रहनेछ ।
प्रतिक्रिया