सुन महँगियो, चाँदी सस्तियो: आजको मूल्य कति?

२०८३ कात्तिक १० गते

सुन महँगियो, चाँदी सस्तियो: आजको मूल्य कति?

कार्तिक १० गते मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement:

Ad

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।