टिकटकका मालिक झाङ यिमिङ बने चिनका सर्वाधिक धनाढ्य व्यक्ति,कति छ उनको सम्पत्ति ?

२०८३ कात्तिक १० गते

टिकटकका मालिक झाङ यिमिङ बने चिनका सर्वाधिक धनाढ्य व्यक्ति,कति छ उनको सम्पत्ति ?

काठमाडौँ । के तपाइँलाई टिकटकको मालिक को हुन् तपाइँलाई थाहा छ त ? पछिल्लो समय के युवा के बालबालिका वृद्ध सबैमाझ मनोरञ्जनको महत्वपूर्ण माध्यम बनेको टिकटकका मालिक चिनका उद्योगी तथा चिनिया कम्पनी ‘बाइटडान्स’का संस्थापक झाङ यिमिङ हुन् । उनै झाङ यिमिङ चीनको यो वर्षको सबैभन्दा धनी व्यक्ति हुन सफल भएका छन् ।

 

Advertisement:

Ad

आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षेत्रमा बाइटडान्सले मारेको आक्रामक छलाङसँगै कम्पनीको मूल्याङ्कन आकासिएपछि झाङ धनी व्यक्तिको शिर्ष स्थानमा उक्लिएका हुन्।   मंगलबार सार्वजनिक भएको ‘हुरुन चाइना रिच लिस्ट २०२६’ का अनुसार, ४३ वर्षीय प्रविधि उद्यमी झाङको सम्पत्ति एकै वर्षमा २०० अर्ब युआनले बढेर कुल ६७० अर्ब युआन अर्थात करिब १०५ अर्ब अमेरिकी डलर० पुगेको छ। सन् १९८० को दशकमा जन्मिएर चीनको सबैभन्दा धनाढ्य बन्ने पहिलो व्यक्तिको इतिहास रचेका झाङ हालै एसियाकै सर्वाधिक धनी व्यक्ति समेत बनेका छन्।  

 

यसअघि शीर्ष स्थानमा रहेका बोतलको पानी उत्पादक कम्पनी ‘नोङफु स्प्रिङ’ का मालिक झोङ शानशान दोस्रो स्थानमा झरेका छन्। उनको सम्पत्ति १२० अर्ब युआनले खुम्चिएर ४१० अर्ब युआन ९६१.५ अर्ब डलर० मा सीमित भएको छ। त्यस्तै, विद्युतीय गाडीको ब्याट्री बनाउने विशाल कम्पनी ‘सीएटीएल’ का रोबिन जेङ ३८५ अर्ब युआन ९५७.(७ अर्ब डलर) सम्पत्तिका साथ तेस्रो स्थानमा छन्।