सालपा विकास बैंकको लक-इनको समय सकिँदै,कति छ सेयर ?

२०८३ असार ०४ गते

सालपा विकास बैंकको लक-इनको समय सकिँदै,कति छ सेयर ?

काठमाडौं । सालपा विकास बैंकको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक(इन अवधि समाप्त हुने भएको छ ।


बैंकका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक(इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार ८६ हजार १९४ कित्ता सेयरको लक(इन अवधि असार २४ गतेपछि समाप्त हुने भएको हो ।

Advertisement:

Ad
Ad


लक(इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।