पूर्वराजा ज्ञानेन्द्रलाई श्री पाँच सम्बोधन गरेको भन्दै संवाद सचिव पाठकलाई बोलायो प्रहरीले

२०८२ असार २७ गते

पूर्वराजा ज्ञानेन्द्रलाई श्री पाँच सम्बोधन गरेको भन्दै संवाद सचिव पाठकलाई बोलायो प्रहरीले

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले पूर्व राजालाई श्री पाँच महाराजाधिराज भनेर सम्बोधन गरेको भन्दै प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संविधानले नचिनेको शैलीमा विज्ञप्ति जारी गरेको र फेसबुकमा त्यही भाषा प्रयोग गरेको विषयमा सोधपुछ गर्न उनलाई भद्रकालीस्थित परिसरमा बोलाएको हो ।

Advertisement:

Ad
Ad


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, पाठकले जारी गरेका वक्तव्यहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने संबोधन प्रयोग हुँदै आएकोले त्यसबारे बुझ्न बोलाइएको हो ।


प्रहरीका अनुसार नेपाल सरकारले पूर्वराजालाई त्यस्तो सम्बोधन दिने प्रावधान नभएकोले यो विषय कानुनी रूपमा चासोको विषय बनेको हो।