२०८३ कात्तिक १७ गते
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।
रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गरिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा लगेको हो।
यसअघि पनि नेपालविरूद्ध पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री वितरणका लागि अनुमति दिएको कसुरमा मुद्दा दायर भएको थियो। यो मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ।
प्रतिक्रिया