२०८३ कात्तिक ११ गते
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा खुद नाफा १६.९९ प्रतिशतले बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ थियो।
बैंकको नाफा बढ्नुमा खराब कर्जाबापतको इम्पेरिमेन्ट चार्जमा आएको कमीले पनि योगदान गरेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो चार्ज ११ करोड ६ लाख रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर चार करोड ९४ लाख रुपैयाँमा झरेको छ।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो। यसअनुसार खुद ब्याज आम्दानी १.४३ प्रतिशत बढेको हो।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले ११ करोड दुई लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ छ। यसका आधारमा बैंकको वार्षिकीकृत लाभांश क्षमता १५.७६ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी चार अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ र जगेडा कोष दुई अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ छ।
बैंकले निक्षेप संकलन र कर्जा लगानी दुवै बढाएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप एक खर्ब रुपैयाँभन्दा कम अर्थात् ६७ अर्ब ९० करोड ४७ लाख नौ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो। एक वर्षमा निक्षेप २.६० प्रतिशत बढेको हो।
त्यस्तै, बैंकको कर्जा लगानी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको असोज मसान्तमा यस्तो लगानी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ थियो। यसअनुसार कर्जा लगानी ३.९५ प्रतिशत बढेको छ।
बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ४६ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ।
यसैबीच, बैंकले खराब कर्जाको अनुपात घटाएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया