२०८३ कात्तिक १३ गते
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ ।
पछिल्ला समय सञ्चारमाध्यमहरुमा न्यायाधिशहरुनै घुस सेटिङमा लागेको र बिचौलिया भेट्दै हिँडेको समाचार प्रकाशित भैरहेका छन् । प्रधानन्यायाधीश डा शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले इनम सापकोटा लगायतका बिचौलियासँग साँठगाँठ मिलाएर ठूलो रकमको चलखेल गरेको समाचार बाहिरिएको थियो ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए ।
प्रधानन्यायाधीश डा शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका विषय भ्रामक भएको भन्दै यसअघि प्रेस विज्ञप्ति जारी गरिसकेका छन् ।
प्रतिक्रिया