मलेसियाले 'एफडब्ल्युसिएमएस'बाटै कामदार लिने अडान राखेपछि रोजगारीमा अन्योल

२०८३ कात्तिक १० गते

मलेसियाले 'एफडब्ल्युसिएमएस'बाटै कामदार लिने अडान राखेपछि रोजगारीमा अन्योल

काठमाडौं । मलेसियाले विदेशी कामदार भर्ना प्रक्रिया फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) बाटै अघि बढाउने अडान राखेपछि नेपाली कामदारको भर्ती प्रक्रियाबारे अन्योल बढेको छ।

नेपालले सबै योग्य म्यानपावर कम्पनीलाई भर्ती प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै आएको छ। तर, मलेसियाको अडान कायम रहेपछि विवाद समाधानका लागि दुई देशबीच कूटनीतिक सहमति खोज्नुपर्ने देखिएको छ।

Advertisement:

Ad

यसैबीच, सरकारले एफडब्ल्युसिएमएस प्रक्रियामा संलग्न २५ मुख्य म्यानपावर कम्पनी र तिनसँग सम्बन्धित करिब २५० कम्पनीमाथि छानबिन तथा कारबाही अघि बढाएको छ।

रोजगारविज्ञ डा। गणेश गुरुङले म्यानपावर कम्पनीमाथिको कारबाहीसँगै रोजगारदाता मुलुकसँगको श्रम कूटनीति प्रभावकारी बनाउनुपर्ने बताएका छन्। भर्ती प्रक्रियामा पारदर्शिता कायम गर्नुका साथै नेपाली कामदारका लागि रोजगारीको अवसर सुरक्षित गर्न सरकारले पहल गर्नुपर्ने देखिन्छ।