दसैँ बिदापछिको पहिलो कारोबार दिन घट्यो सेयर बजार

२०८३ कात्तिक १० गते

दसैँ बिदापछिको पहिलो कारोबार दिन घट्यो सेयर बजार

काठमाडौं । दसैँ बिदापछिको पहिलो कारोबार दिन सेयर बजार घटेको छ ।  सोमबार सेयर बजार मापक  नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ।

सेयर बजार मापक नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

Advertisement:

Ad

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक आज सबैभन्दा धेरै १.२१ प्रतिशत घटेको छ।

आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।