२०८२ जेठ २३ गते
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको निष्कर्ष निकालेका छन्।
शुक्रबार बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यसबारे निष्कर्ष निकालेको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए।
बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए।
माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया