कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

२०८२ साउन १९ गते

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। आजै साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 
 

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। 

Advertisement:

Ad
Ad

 

शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो।