ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

२०८२ साउन ०२ गते

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौं । सांसद ज्ञानेन्द्र शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने भएको छ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संस्था ‘ग्लोबल नेपाली’ले राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर गर्दै आगामी जुलाई २७ मा हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गर्न लागेको हो।

Advertisement:

Ad
Ad

शाहीलाई भ्रष्टाचारविरुद्धको अभियान र जनजीविकामा सक्रियताका लागि, घिसिङलाई लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा योगदान दिएकोमा सम्मान गरिँदैछ।