युद्धग्रस्त गाजाको विक्षिप्त अवस्था : भोकमरीले दैनिक १५ बालबालिकाको मृत्यु, खाना थाप्न भागदौड गर्दा सडकमै ढले

२०८२ साउन ११ गते

युद्धग्रस्त गाजाको विक्षिप्त अवस्था : भोकमरीले दैनिक १५ बालबालिकाको मृत्यु, खाना थाप्न भागदौड गर्दा सडकमै ढले

काठमाडौँ । ईजरायल र प्यालेस्टाइनबीचको द्वन्दका कारण गाजा पट्टीमा नरसंहार मच्चिएको छ । दुई देशबीच युद्ध शुरु भएको २ वर्षमा २ लाख मानिसहरु मरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको सुरुवाती दिनहरुमा बम बारुद र गोला बर्साएको इजरायलले पछिल्लो समययता सम्पूर्ण नाकाबन्दी गरेर भोकमरी फैलाइदिएको छ । खाद्यान्न अभावमा गाजामा धेरैजसो महिला र बालबालिकाहरूको मृत्यु भइसकेको छ । विश्ेषतः ससाना अतिवादी इजरायली सरकारले गाजाको जातीय सफाई गर्ने नाममा  सामूहिक भोकमरी प्रयोग गरिरहेको छ।

 

Advertisement:

Ad
Ad

भोकले ब्याकुल बनेका बालबालिका तथा महिलाहरु घस्रिएर अन्तराष्ट्रिय समुदायले खाना बाँडेको स्थलसम्म पुग्दा त्यहीँ इजरायलले बम तथा गोली प्रहार गरी सयौँको ज्यान लिइसकेको छ । कतिपय भोको शरिरमा दौडिँदा सडकमै ढलेका दृश्यहरु बिचलित गराउने खालका छन् । यो बर्बर घटनाको विश्वका विभिन्न देशहरुले विरोध गरिरहेपनि अमेरिकाको प्रत्यक्ष साथ पाएको इजरायलले गाजामाथिको नरसंहार रोक्न मानेको छैन । 

गाजामा खानका लागि तड्पिएका बालकालिका तथा नागरिकहरु -