सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ, मूल्य बढ्दैछ भन्दै अरुलाई सेयर किन्न लगाएर आफू बेचेर उम्कन्थे

२०८२ साउन ०५ गते

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ, मूल्य बढ्दैछ भन्दै अरुलाई सेयर किन्न लगाएर आफू बेचेर उम्कन्थे

काठमाडौं । जालसाजी र ठगी आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २२ करोड ठगीको आरोपमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवालले सेयर कारोबारमा भर्खर आएका कारोबारीहरुलाई आफूले सस्तोमा किनेको सेयर बढ्दैछ, यतिसम्म पुग्दैछ भनेर सामाजिक सञ्जालमार्फत भन्दै किन्न प्रेरित गर्ने गरेका थिए । जव लगानीकर्ताहरुले सेयर किन्न थाल्थे उनी धमाधम सेयर बेचेर उम्कने गरेका थिए । अग्रवाललाई सेयर बजारका राम्रो खेलाडीका रुपमा धेरैले मान्दै आएका थिए । उनी एक सेलिब्रिटी जस्तै भएका थिए । तर उनको ठगीको विषयमा उजुरी पर्न थालेपछि नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement:

Ad
Ad

प्रतिक्रिया