कुलिङ पिरियड प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

२०८२ साउन ०९ गते

कुलिङ पिरियड प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिको छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिलाई काम सक्न प्रतिनिधिसभाले सात दिनको अतिरिक्त समय दिएको छ।

शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको म्याद थप गर्ने प्रस्ताव पेश गरेका थिए, जसमा सभाको सहमति प्राप्त भएको हो।

Advertisement:

Ad
Ad

गत असार २३ गते कुलिङ अफ पिरियडसम्बन्धी विवादित विषयको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरिएको थियो, जसको संयोजक कांग्रेस सांसद जीवन परियार छन्। समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू छन्।

शुरुमा २१ दिनको समय पाएको समितिले काम पूरा गर्न नसकेपछि थप सात दिनको म्याद दिइएको हो। विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट दुई वर्षको कुलिङ अफ पिरियडसहित पारित भए पनि प्रतिनिधिसभाबाट पारित गर्दा त्यसमा परिवर्तन भएको पाइएको थियो।