सिटिजन्स बैंकको १९ वर्ष पूरा,सामाजिक तथा रचनात्मक कार्यक्रम गरी मनाइयो स्थापना दिवस

२०८३ वैशाख ०८ गते

सिटिजन्स बैंकको १९ वर्ष पूरा,सामाजिक तथा रचनात्मक कार्यक्रम गरी मनाइयो स्थापना दिवस

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा एक सफल वाणिज्य बैंकको रूपमा स्थापित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सोमबार आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ ।

 

Advertisement:

Ad
Ad

२०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकका रूपमा स्थापना भएको यस बैंकले आफ्नो १९औं वार्षिकोत्सवलाई विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरूका साथ भव्य रूपमा मनाएको छ।

 

स्थापनाको १९ वर्षको अवधि पार गर्दा बैंकले देशभर २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्न सफल भएको छ । सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गरिरहेको बैंकले हाल २०० वटा शाखा कार्यालयहरूमार्फत सेवा दिइरहेको छ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले करिब रु २ खर्ब १६ अर्ब निक्षेप संकलन गरी रु १ खर्ब ७७ अर्ब कर्जा परिचालन गरेको जानकारी दिएको छ । बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना शाखा, १६९ ए।टी।एम।, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ ईकाइहरूबाट आधुनिक सेवा प्रदान गर्दै आएको छ ।

 

वार्षिकोत्सवको विशेष अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । करिब ९४६ कर्मचारीहरूको सहभागिता रहेको उक्त र्‍यालीले जनमानसमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने अपेक्षा बैंकले राखेको छ ।

 

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक तुल्याउँदै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका २० शाखाहरूबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जसमा ५५० जनाले रक्तदान गरेका छन् ।

 

यसैगरी, ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ९ वटा शाखाहरू ९दिक्तेल, तेमाल, लाम्बगर, बेलाटारी, साउ फर्साटीकर, धारापानी, बेनी, जुफाल र अमरगढी० मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा करिब ५०० जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि समेत प्राप्त गरेका छन् ।