भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग ठप्प, यात्रुबाहक बस र एम्बुलेन्स बाटोमै रोकिदा बिरामी र यात्रु अलपत्र

२०८२ असार २६ गते

भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग ठप्प, यात्रुबाहक बस र एम्बुलेन्स बाटोमै रोकिदा बिरामी र यात्रु अलपत्र

काठमाडौँ  । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका(२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

हिजो बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले सो सडक पूर्ण रुपमा बन्द भएको हो । सडक माथिबाट आएको पहिरोले सडक पुरेको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको हो ।

Advertisement:

Ad
Ad

सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै आवत जावत गर्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।त्यस्तै यात्रुवाहक बस, साना–ठूला सवारीसाधन, एम्बुलेन्स बाटोमै रोकिदा बिरामी तथा यात्रुहरू मारमा परेका छन् ।