एअर इण्डिया जहाज दुर्घटनाको अनुसन्धानको खुलासा : पाइलटले गलत स्विच दाबेका थिए, 'रन' हुनुपर्नेमा 'कटअफ'

२०८२ असार २८ गते

एअर इण्डिया जहाज दुर्घटनाको अनुसन्धानको खुलासा : पाइलटले गलत स्विच दाबेका थिए, 'रन' हुनुपर्नेमा 'कटअफ'

काठमाडौँ । अहमदाबादबाट लण्डन जाँदै गरेको एअर इण्डिया फ्लाइट १७१ गत जुन १२ मा उडानको केही सेकेन्डमै दुर्घटनामा परि २४१ जना यात्रु र चालक दलको मृत्यु भएको थियो। साथै भुइँमा रहेका २९ जनाको पनि ज्यान गएको थियो ।

 

Advertisement:

Ad
Ad

उक्त दुर्घटनापछि गठन भएको भारतको ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेष्टिगेशन ब्युरो’ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार विमानका इन्धन स्विचहरू 'रन' बाट गल्तीले 'कटअफ' मा परिवर्तन गरिएका थिए, जसका कारण इञ्जिनहरू बन्द भए। प्रतिवेदनअनुसार ब्ल्याक बक्समा भेटिएको रेकर्ड अनुसार ककपिटमा सुनिएको संवादमा एक पाइलटले ‘किन स्विच काट्यौ?’ भनेको र अर्काले ‘मैले काटेको होइन’ भनेको भेटिएको छ।

 

तत्पश्चात इञ्जिन पुनः स्टार्ट गर्न खोजिए पनि इञ्जिन २ पुनः सञ्चालन हुन नसकेको उल्लेख छ। ‘मे डे’ सन्देशपछि विमान मेडिकल विद्यार्थीहरू भएको भवनमा ठोक्किएको थियो।दुर्घटनाबाट बेलायती नागरिक रमेश विश्वेशकुमार मात्र बाँच्न सफल भए। बोइङ ७८७ ‘ड्रिमलाइनर’ सिरिजको यो पहिलो दुर्घटना हो। बोइङ र एअर इण्डियाले गहिरो समवेदना प्रकट गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएका छन्।