एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २१ औ बार्षिक साधारण सभा आह्वान

२०८२ पुस २५ गते

एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २१ औ बार्षिक साधारण सभा आह्वान

काठमाडौँ । काठमाडौँको बनस्थलीमा रहेको एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभले २१ औ बार्षिक साधारण सभा आह्वान गरेको  छ । सहकारीको मिति २०८२।०७।२१ मा बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम यही पुष २६ गते शनिबारका दिन संस्थाको “ एक्काइसौं वार्षिक साधारण सभा डाकिएको हो । 

 

Advertisement:

Ad
Ad

सभा पुष २६ गते शनिबार बिहान ११ बजे सामुदायिक विकाश संघको भवन, बनस्थली, काठमाडौंमा सबै शेयर सदस्यलाई संस्थाले उपस्थित हुन सूचना जारी गरेको छ । 

यस्ता छन् साधारण सभामा हुने छलफलका विषयहरू-
१,सञ्चालक समितिका अध्यक्ष रवि कृष्ण मानन्धरको राजीनामा स्वीकृत तथा बाँकी अवधिको लागि का.बा. अध्यक्ष प्रेम प्रसाद सुवेदीलाई मनोनयन गरिएकोमा अनुमोदन गर्ने ।
२, आ.व. २०७१।०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत र पारित गर्ने सम्बन्धमा ।
३,आ.व. २०८१।०८२ को सचिवको प्रगति प्रतिवेदन प्रस्तुत तथा आ.व. २०८२/२०८३ को वार्षिक नीति तथा कार्यक्रम, बजेट पारित तथा खर्च अनुमोदन गर्ने सम्बन्धमा । 
४, आ.व. २०८१।०८२ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र पारित गर्ने सम्बन्धमा ।
५, आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत र पारित गर्ने सम्बन्धमा ।
६, संस्थाको सञ्चालक समितिबाट भए गरेका निर्णयहरुको अनुमोदन सम्बन्धमा ।
७, आ.व. २०८२/२०८३ को लागि लेखा परीक्षकको नियुक्ती एवम् पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
८, संस्थाको विनियम र नीति तथा कार्यविधि अद्यावधिक गर्ने सम्बन्धमा ।
९,साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षरका लागि शेयर सदस्यहरुको प्रतिनिधि चयन सम्बन्धमा ।
१०, विविध ।

भवदीय, रमिला अर्याल घिमिरे
सचिव

कामपा-१६, बालाजु, काठमाडौं, फोनः ०१५९०५६६०/६१