गायक पशुपति शर्मा चढेको कार दुर्घटना, औँला भाँचियो

२०८२ साउन २१ गते

गायक पशुपति शर्मा चढेको कार दुर्घटना, औँला भाँचियो

काठमाडौँ । लोकगायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । सांगितिक कार्यक्रमका लागि स्याङ्जा जाने क्रममा शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार शर्मासहित कारमा चार जना रहेका थिए । कार दुर्घटनामा गायक शर्माको औँला भाच्चिएको छ । अन्य यात्रु पनि सामान्य घाइते छन् भने कारमा सामान्य क्षति पुगेको छ  । 

Advertisement:

Ad
Ad