गृहमन्त्रीको राजीनामा मागेका कोइरालालाई देउवाले स्पष्टिकरण सोध्ने

२०८२ जेठ १२ गते

गृहमन्त्रीको राजीनामा मागेका कोइरालालाई देउवाले स्पष्टिकरण सोध्ने

काठमाडौ । गृहमन्त्री रमेश लेखकमाथि कारबाही गर्नुपर्ने र तत्काल उनले राजीनामा दिन पर्ने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका नेता शेखर कोईरालालाई सभापति शेर बहादुर देउवाले स्पष्टिकरण सोध्ने भएका छन् । यति खेर शेखर पार्टीको अभियानका सिलसिलामा उपत्यकामा नरहेको र आउने वित्तिकै स्पष्टिकरण सोध्न देउवाकोमा बोलाइने तयारी गरिएको देउवाको सचिवालयले जनाएको छ ।

 

Advertisement:

Ad
Ad

त्यसो त गृहमन्त्री लेखकमाथि कारबाही गर्न हुने र नहुने विषयमा नेपाली कांग्रेसका नेताहरू विभाजित छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष समेत निकालिसकेको छ। 

 

यद्यपि अध्यागमनमा सेटिङमार्फत नेपालीलाई विदेश पठाउने गरेको विषयमा मुछिएका लेखकले पदबाट राजीनामा दिनुपर्ने विषय उठाउनेलाई भने स्पष्टीकरण सोध्नुपर्ने माग बैठकमा उठेको थियो। 

 

लेखकलाई हटाउनुपर्ने माग गर्दै अभिव्यक्ति दिने डा।शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्न बैंठकले सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिएको बताइएको छ ।