२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ ।विभागले बुधबार सावर्जनिक सुचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो ।