राजनीतिक अनिश्चितता र बाढीजन्य विपद्का बाबजुद नेपालले आर्थिक सुधारमा अपेक्षित प्रगति गरेको आइएमएफको ठहर
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको छ । यो समीक्षासँगै आइएमएफले नेपाललाई इसिएफ अन्तर्गतको करिब रु पाँच अर्ब ८१ करोड (चा...