आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।