२०८२ असोज ०३ गते
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुको कुटाईबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीको यतिखेर उपचार भैरहेको छ । उनीहरु दुवैको उपचार सैनिक अस्पताल छाउनीमा भैरहेको छ । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार अहिले दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
सभापति देउवाको टाउकोको पछाडिपट्टि १२ वटा टाँका लगाइएको छ त्यस्तै गर्धनको चोट पनि गहिरो रहेको छ । सभापति देउवा अहिले सामान्य हिँडडुल गर्न सक्ने भए पनि केही बेर उभ्भिएर बस्दा चक्कर आउने र बोल्दाबोल्दै थाक्ने भएका छन् त्यसकारण केही समय आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
त्यस्तै उनकी पत्नी आरजु देउवाको पनि गर्धनमा चोट रहेको छ । देउवा पत्नी आरजु भने बिस्तारै हिँडडुल गर्ने भएकी छिन् ।प्रचार विभाग विश्वकर्माले दिएको जानकारी अनुसार घाइते अवस्थामा भेटिएका दुवैलाई आन्दोलनकारी आक्रोशित भीडले रड,सिसा लाठी प्रहार गरेको चिकित्सकहरुले अनुमान गरेका छन् ।
प्रतिक्रिया