२०८२ असोज ०३ गते
काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले सेयर बजार सुधार्न कार्यदल गठन गरेका छन् । पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ (पाँच) दिनभित्र पेश गर्ने गरी कार्यदल बनेको हो ।
अर्थमन्त्रीस्तरको मिति असोज ३ को निर्णयानुसार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीलाई संयोजक तोकेको छ । यस्तै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाललाई कार्यदलको सदस्य बनाइएको छ । अर्थमन्त्रालयलका उपसचिव सरद निरौलालाई कार्यदलको सदस्य सचिव तोकिएको छ ।
प्रतिक्रिया