दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो
काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुले सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।