२०८२ कात्तिक २४ गते
काठमाडौँ । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै सरकारले मधेश प्रदेश प्रमुखमा प्राडा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।मधेश प्रदेशमा भएको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखेर सरकारले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।
सोमबार बिहान झिसमिसेमा एक होटलमा मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई भण्डारीले नियुक्त गरेपछि उनको चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया