२०८२ कात्तिक २४ गते
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की महानिरीक्षक ९आईजीपी० नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यही कार्तिक २७ गतेदेखि लागू हुने गरि नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा कार्यरत छन् ।कार्कीसँगै एआईजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए ।
त्यसमध्ये वरीयतामा कार्की पहिलो नम्बरमा थिए ।हालका आईजीपी चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधिका कारण यही कार्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन् ।
जिम्मेवारीका हिसाबले कार्कीसँग चुनौतीपूर्ण जिल्लाहरू जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय कास्की सम्हालेको अनुभव छ ।
प्रतिक्रिया