सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।
२०८२ भदौ ०५ गते