पासपोर्ट समस्या समाधान गर्न सरकारले तुरुन्तै ७ लाख थान किन्ने

२०८२ मंसिर ०५ गते

पासपोर्ट समस्या समाधान गर्न सरकारले तुरुन्तै ७ लाख थान किन्ने

काठमाडौ । पासपोर्ट समस्या समाधान गर्ने निर्णय सरकारले गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल ७ लाख प्रति पासपोर्ट किन्ने निर्णय गरेको हो ।

उक्त पासपोर्ट फ्रान्सेली कम्पनी आइडिमियासँग खरिद गरिनेछ । नयाँ कम्पनीबाट किन्न शुरु गर्नु अघि पुरानै कम्पनीसँग ७ लाख थान पासपोर्ट किन्न लागिएको सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

Advertisement:

Ad
Ad

दैनिक ३ हजार बढी पासपोर्ट चाहिने भएपनि राहदानी विभागसँग न्युन स्टक छ । विभागले ६४ लाख थान पासपोर्ट छाप्न जर्मन कम्पनी म्यूहलबौयर आइडी सर्भिस जीएमबिएच र भेरिडोस जिएमबिएचलाई ठेक्का दिएको छ । सो ठेक्का बमोजिम मार्च ९ बाट मात्र उपलब्ध गराउँने सम्झौता भएको छ ।