२०८२ मंसिर ०५ गते
काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका २० वटा चारपाङ्ग्रे सवारी साधनको पूर्ण बिमा गरेको छ ।नेपाल सरकारको सरकारी सवारी साधनहरूलाई पूर्ण (कम्प्रिहेन्सिभ) बिमा गर्ने निर्णयअनुसार अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० वटा चारपाङ्ग्रे सवारी साधनलाई नेपाल इन्स्योरेन्स कम्पनीमार्फत पूर्ण बिमामा आवद्ध गरिएको हो ।
अर्थले यस्तो बिमाले सुरक्षा व्यवस्थापनमा सार्वजनिक खर्चमा कटौती, प्राथमिकताका क्षेत्रमा स्रोत परिचालन सहज तथा सार्वजनिक वित्त व्यवस्थापन अझ प्रभावकारी हुने बताएको छ ।
मन्त्रालयले सरकारी सवारी साधनमा आगलागी, दुर्घटना वा अन्य जोखिमका कारण क्षति भएमा बिमा दाबीबाटै सवारी साधन पुनः खरिद वा मर्मत सम्भव हुने भएकाले सरकारी कोषमा पर्ने आर्थिक भार कम हुने जनाएको छ ।
प्रतिक्रिया