विशाल बजारको लाभांश घोषणा, पाँच वर्षको साधारण सभा एकैपटक डाक्यो

२०८१ माघ २९ गते

विशाल बजारको लाभांश घोषणा, पाँच वर्षको साधारण सभा एकैपटक डाक्यो

काठमाडौँ।  विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Advertisement:

Ad
Ad

कम्पनीले ५ वर्षको साधारण सभा एकैपटक डाकेको छ । साधारण सभा आगामी फागुन २८ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।