विद्युत महशुल नतिरेका छ उद्योगमा लाइन जोड्ने निर्णय

२०८१ साउन ०८ गते

विद्युत महशुल नतिरेका छ उद्योगमा लाइन जोड्ने निर्णय

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबारदेखि नै लाइन जोड्ने निर्णय गरेको छ । ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत जडान गर्ने सहमति भएको हो ।

तीन महिनाभित्र उधाेगीहरुकाे वक्याैता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्याैदा असुल उपर गरी कारवाही अगाडि बढाउने गरी विद्युतनियमन आयाेगकाे निर्देशन अनुसार उद्याेगहरुकाे विद्युत लाइन जाेडने प्राधिकरणले जनाएको छ ।

Advertisement:

Ad
Ad

आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पनि काटिएको लाइन जोड्नुपर्ने पक्षमा थिए।