उत्पादनमुलक उद्योगहरुको मागमा १३ प्रतिशतले संकुचन

२०८१ साउन १० गते

उत्पादनमुलक उद्योगहरुको मागमा १३ प्रतिशतले संकुचन

काठमाडौँ । यस आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा १३.५३ प्रतिशतले संकुचन आएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) को इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कमी देखिएको हो ।

गत वर्षको सोही अवधिमा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो भने उत्पादन तथा सेवामुलक उद्योगहरुको मागमा संयुक्त रुपमा २.६४ प्रतिशतले कमी आएको थियो ।

Advertisement:

Ad
Ad

सर्वेक्षणमा सहभागी उद्योगीहरुले आयमा पनि ३.८७ प्रतिशतले ह्रास आएको जनाएका छन्। माग र राजश्वमा गिरावटका कारण ६५.५७ प्रतिशत उद्योगीहरुले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको बताएका छन् ।

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गरिरहेका छन्, जसले उत्पादन लागतमा १२.८९५ प्रतिशतले वृद्धि गरेको छ। चालु पुँजीको ४२.४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेका छन्, जुन अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो। औसत ब्याज दर ११.२८ प्रतिशत रहेको छ।